• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार, कति पुग्यो चाँदी ?

    0.9K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।

    महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको हो।

    यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो। आज कायम मूल्य हालसम्मकै उच्च हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको जनाइएको छ।

    यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ