• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    लुम्बिनीमा कांग्रेसबाट केसी र घिमिरे निर्वाचित

    341
    SHARES



    दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

    नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए ।

    यस्तै कांग्रेसबाटै बासुदेव घिमिरे पनि निर्वाचित भएका छन् । घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग समूहमा उम्मेद्वार बनेका थिए । उनले ६३२२ मतभार प्राप्त गरी विजयी भएका हुुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सरल विकले १६०१ मतभार प्राप्त गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ