• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन

    324
    SHARES



    काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ ।

    यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् । पार्टीका प्रवक्ता डा राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको जनाएका छन् ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।

    उनको रोचक प्रचार शैलीका कारण पनि सामाजिक सञ्जालमा चर्चा बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ