काठमाडौँ । बालेन्द्रले चढेको गाडी उनको आफ्नै हो कि अरू कसैले उनलाई दिएको हो ? यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार यो गाडी रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवा स्थित करेन्ट मसला उत्पादन गर्ने कम्पनी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा छ ।
यसका एक लगानीकर्ता कमल मालपानी हुन् । कमलको तिलोत्तमामै अर्को उद्योग पनि छ । त्यो हो, यसोदा फुड्स प्रालि । जसले करेन्ट चाउचाउ, लाली चाउचाउ र करेन्ट चिजबल उत्पादन गर्ने गर्छ । कमलले स्वामित्वमा रहेको अर्को उद्योग श्रीराम टोबाको प्रालि भने बुटवल उपमहानगरपालिकामा छ । यसले भोला गुट्खा र जित सुर्ती उत्पादन गर्ने गर्छ ।
मालपानीले बालेन्द्रले चढिरहेको गाडी आफूहरूले दिएको बताए । उनले यतिमात्रै भने, ‘हो हामीले नै दिएको गाडी हो ।’ कति समयका निम्ति गाडी दिइएको हो भन्ने प्रश्नमा भने उनले यसबारे केही कुरा नभएको तर आफूहरूले गाडी दिएको बताए ।
प्रतिक्रिया