चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली काठमाडौँ आइपुगेकाे छ । चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको बताइएको छ ।
झेङ नेपाल मामिलाका जानकार हुन् । उनी नेपाली भाषा पनि राम्ररी बोल्छिन् । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसकेकी उनी यसपटक भ्रमण टोलीको नेतृत्व गरेर नै आएकी हुन् ।
प्रतिक्रिया