• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बालेनतिर लागे एमाले युवा संघ दमक अध्यक्ष छवि खतिवडा

    766
    SHARES



    काठमाडौँ । नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्।

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्।

    ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्।

    उनले त्यसपछि स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि बताएका छन्। झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ