• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न सर्वोच्चले दियो अग्राधिकार

    651
    SHARES



    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको हो ।

    शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो ।

    ‘जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्न उठाइएको र यी प्रश्नहरू छिटो निरुपण हुन आवश्यक देखिएकोले विपक्षीहरूको लिखित जवाफ परेको वा अवधि व्यतित भएको मितिले १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न’ सर्वोच्चले भनेको छ ।

    गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यसविरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो ।

    आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको हो । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् । निर्वाचन आयोगले पनि थापा नेतृत्वकै समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

    फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर गरेर टिकट वितरण गरेका छन् ।

    सोही अनुसार उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ