• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, को कहाँ पुगे ?

    334
    SHARES



    काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो ।

    यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ ।

    पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ ।

    यसैगरी क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ