• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एकाबिहानै जानकी मन्दिरको आरतीमा पुगेर बालेन गरे पूजा, त्यसपछि शहिदको शालिकमा माल्यार्पण

    444
    SHARES



    धनुषा । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपा नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्।

    जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरे।

    त्यसपछि उनले मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा शाहले माल्यार्पण गरेका छन् । आज रमेश महतोको १९ औं स्मृति दिवस मनाइँदै छ । उनको सहादतको दिनलाई आज मधेश केन्द्रित दलहरुले बलिदानी दिवसको रुपमा मनाइरहेका छन् ।

    प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो मारिएका थिए । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए ।

    प्रहरीले उनलाई पक्राउ गरेपछि भइरहेको आन्दोलनको क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो मारिएपछि मधेशभर आन्दोलन चर्किएको थियो । त्यसैले माघ ५ गतेलाई मधेश केन्द्रित दल र मधेश सरकारले बलिदानी दिवसको रुपमा मनाउँँदै आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ