• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निर्वाचन आयोग परिसरमा गगन नेतृत्व समूहको धर्ना

    621
    SHARES



    काठमाडाैँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रबार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् ।

    आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

    हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ