• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    581
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ बिहीबार भने घटेको छ।

    उक्त दिन सुन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा पाँच हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार चार सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ