• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा, जनार्दनलाई के भने ?

    0.9K
    SHARES



    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

    रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।

    ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’

    उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दु:ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए ।

    यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए ।

    जनार्दन शर्मालाई के भने ?

    प्रचण्डले रुकुमका जनताले कोही पनि भगौडाको पछि नलाग्ने कुराको सावित गरेको टिप्पणी गरेका छन् । रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेर गएपछिको अवस्थालाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    रुकुमका केही नेताहरू विचलित भएर पार्टी छाडेर गएको भन्दै आफूलाई रुकुमका जनमत खस्केको हो कि भन्ने कुरामा चिन्ता भएको पनि बताए।

    ‘यहाँको एक जना तपाईंहरूले अघि सारेको नेता पलायन भए, विचलित भएर गए । कहाँ गए भने कम्युनिस्ट र मार्क्सवाद छाड्नेतिर गए,’ उयनले भने, ‘यसको पछाडि षड्यन्त्र छ । निकै ठूलो षड्यन्त्र अन्तर्गत ति मान्छेलाई विचलित बनाइएको छ ।’

    उनले थप भने, ‘पहिला पहिला जस्तो सभामा उपस्थिति नहुने हो कि भन्ने मलाई कता कता अलि अलि लागेको थियो । तर, आज यो सभामा आउँदा रुकुमको जनता महान छन्, कुनै भगौडाका पछि लाग्दैनन् भन्ने कुरा तपाईंले सावित गरिदिनुभयो ।’

    उनले जनार्दनको नामै लिएर भने, ‘पहिला प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो । अब त प्रभाकर छैन प्रचण्ड आउँछ कि आउँदैन भन्थे । म झन् बढी आउँछु रुकुम अब,’ प्रचण्डले भनेका छन् । जनार्दनको अभावमा पार्टी हेर्डक्वार्टर हुँदैन कि भन्ने कुरामा चिन्ता नलिन समेत आग्रह गरे ।

    ‘मैले मध्यपहाडी लोकमार्ग अभियानका बेलामा चौरजहारीमा बोलेको धेरैले सुन्नुभएको होला । मैले रुकुमका पार्टीका जनतालाई सलाम गरेको थिएँ, रुकुममा पहिला जसलाई नेता मानिन्थ्यो उनीहरू पलायन भए,’ प्रचण्डले भने, ‘उनीहरू विचलित भए । तर रुकुमका जनता विचलित भएनन्, पलायन भएनन् । नेता कार्यकर्ता कहिल्यै पनि विचलित हुनेको पछि लागेनन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ