• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

    660
    SHARES



    पोखरा । तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव फेला परेको छ । दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    शुक्लागण्डकी नगरपालिका ५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोर मैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको हो ।

    मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ । फोहोर मैला केन्द्रमै भेटिएका अर्को एक जनाको पहिचान खुलेको छैन ।

    अर्को एक जनाको शव जनकल्याण माविको तलपट्टी जङ्गलमा फेला परेको हो । उक्त शव महिलाको भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।

    उनको पनि पहिचान खुल्न सकेको छैन । सबैको शरीरमा चोट भएकाले हत्याको आशङ्का गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । शवहरू सेती नदी किनारमा फेला परेका हुन् ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतकमध्ये एक जना सोही फोहोर प्रशोधन केन्द्रमा कार्यरत सुरक्षा गार्ड हुन् । उनी प्रायः केन्द्रको भित्रै बस्ने गरेका थिए, तर उनको शव बाहिर फेला पर्नुले घटनालाई रहस्यमय बनाएको छ ।

    अन्य दुई जना खोला किनारमा फोहोर डिपो नजिकै बस्दै आएका व्यक्तिहरू हुन् । मृतकहरूको साथमा परिचय खुल्ने कागजपत्र नभए पनि स्थानीयले उनीहरूको नाम पहिचान गरेको तर प्रहरीले आधिकारिक पुष्टि गर्न बाँकी रहेको जनाएको छ ।

    घटनाको प्रकृति शङ्कास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँका एसपीसहितको टोली, गण्डकी प्रदेशको प्राविधिक टोली र तालिम प्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ