• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमाले केन्द्रीय कमिटी बैठक सुरु

    442
    SHARES



    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो ।

    बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी र रणनीतिका विषयमा छलफल हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावलक्षित निर्देशन दिने बताइएको छ ।

    बैठक आज एकै दिनमा सक्ने तयारी गरेको नेताहरूले बताएका छन् । ११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकका धेरै कार्यसूची नभएकाले एकै दिनमा सक्ने तयारी भएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ