• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपा सँगको एकतापछि उज्यालो नेपाल पार्टीभित्र आन्तरिक कलह सुरू

    1K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता घोषणालगत्तै कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीभित्र तीव्र असन्तुष्टि र आन्तरिक कलह सुरू भएको छ।

    विशेषगरी संघीयता र धर्मनिरपेक्षता जस्ता गम्भीर सैद्धान्तिक मुद्दामा सहमति जुट्न नसकिरहेका बेला पदीय भागबण्डा र पूर्वसहमति उल्लंघनको विषयले विवाद थप उत्कर्षमा पुगेको हो।

    उज्यालो नेपालका नेताहरूले रास्वपाको नेतृत्व तहले गरेको व्यवहारलाई ‘अपमानजनक’ भन्दै एकता प्रक्रियामाथि नै प्रश्न उठाउन थालेका छन्। ​यसै सन्दर्भमा, काठमाडौंको बौद्धस्थित एक होटलमा शुक्रबार साँझ उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीको बैठक बसेको थियो।

    बैठकमा पार्टी नेता कुलमान घिसिङले रास्वपाका सभापति रवि लामिछानेसँग आजै बिहान भएको छलफल र त्यसको गाम्भीर्यताबारे ब्रिफिङ गरेका छन्।

    घिसिङले रास्वपा नेतृत्व एकताका लागि गरिएका पूर्वसहमति कार्यान्वयनमा इमानदार नदेखिएको भन्दै सदस्यहरूलाई जानकारी गराएका छन्।

    रवि लामिछाने व्यक्तिगत रूपमा सकारात्मक देखिए पनि रास्वपाको सचिवालय र ‘कोर टिम’ ले सहमतिको पालनामा दबाब महसुस नगरेको र सहमतिलाई उपेक्षा गरेको निष्कर्ष बैठकमा निकालिएको छ।

    ​स्रोतका अनुसार, एकताका बखत ३० प्रतिशत प्रत्यक्ष उम्मेदवार, २६ जना केन्द्रीय सदस्य र १८ जना समानुपातिक उम्मेदवार उज्यालो नेपाललाई दिने प्रारम्भिक समझदारी भएको थियो।

    तर, अहिले आएर समानुपातिकतर्फ १८ जनाको ठाउँमा १४ जनाको मात्र नाम समावेश गरिएको र पहिला सांसद बन्ने निश्चित भएका ६ जनाको क्लस्टर समेत काटिएको भन्दै उज्यालोका नेताहरू रूष्ट छन्।

    ​निर्वाचन आयोगमा ५१ जना सदस्य अद्यावधिक रहेको उज्यालो नेपालको ९४ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले अहिलेको ‘यथास्थिति’ मा एकतालाई अगाडि बढाउन नसकिने धारणा राखेका छन्।

    रास्वपाले ठूलो पार्टीको अहंकार देखाएको र आफ्ना उम्मेदवारहरूको नाम काट्ने काम गरेको भन्दै बैठकमा तीव्र आक्रोश व्यक्त भएको छ।उज्यालो नेपालका नेताहरूले आफ्नो पार्टीको प्रतिष्ठा र आगामी निर्वाचनको तयारीलाई दृष्टिगत गर्दै अपमान सहेर बस्नुभन्दा ठोस निर्णय लिनुपर्नेमा जोड दिइरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ