• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरूङको घोषणा

    1K
    SHARES



    काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शुक्रबार उनले सामाजिक सञ्जालमार्फत औपचारिक घोषणा गरेका हुन्।

    ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले भनेका छन्।

    उनले कुन पार्टीबाट चुनाव लड्ने उल्लेख गरेका छैनन्। यद्यपि पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता गर्नेमा भूमिका खेलेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ