• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

    1.3K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभामा तालमेल गर्ने सहमति भएको छ। ती दलहरूसँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले निरन्तर छलफल गरेका थिए।

    आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले दलहरूसँग भएका कुराकानीबारे जानकारी गराएका थिए।कार्यसम्पादन समितिको अर्को बैठक बुधबार बिहान ९ बजे बस्ने जानकारी पनि उनले दिएका छन्।

    आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ