• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

    683
    SHARES



    काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो ।

    वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।

    आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । त्यहाँको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो ।

    त्यस्तै हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए । आज बिहान १० बजे फेरि हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेका थिए ।

    प्रजिअ दाहालका अनुसार दुवै समुदायको प्रदर्शनलाई ख्यालमा राखेर निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले वार्ताबाट विवाद समाधान खोज्ने प्रयास भइरहेको पनि जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ