काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो स्टेटमेन्ट दिएका छन् ।
आयोगको टोलीले ओलीलाई पत्र काटेको र पत्र बुझ्नासाथ उनी आफ्नो भनाई राख्न तयार भएको आयोगसम्बद्ध स्रोतले बतायो । ‘त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो ।’ स्रोतले भन्यो ।
आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएको थियो । त्यहाँ ओलीले मौखिक रुपमा नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका हुन ।
जाँचबुझ आयोगमाथि प्रश्न उठाउदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए । तर पछिल्लो समय आफ्नो भनाइ फेर्दै ओलीले गुण्डुमा आए आयोगको टोलीलाई चिया खुवाएर पठाउने धारणा राखेका थिए ।
आयोगका पदाधिकारीहरु बयानमा गएका व्यक्ति, त्यसक्रममा सोधिएको प्रश्न र जवाफबारे विस्तृत रुपमा बताउन चाहँदैनन् । निकै गोप्य रुपमा पत्र तयार गर्नुका साथै आयोगको टोली ओलीसँग भेट्न गएको थियो ।
सबैको बयान र संकलित विवरणअनुसार ६० वटाभन्दा बढी प्रश्नहरू तयार भएका र तिनै प्रश्नमा केन्द्रित भएर जवाफ लेखेको हुनुपर्ने आयोग स्रोतले बतायो ।
प्रतिक्रिया