• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दिल्ली उड्नुअघि प्रचण्ड र ओलीबीच २५ मिनेट एक्लाएक्लै वार्ता

    2.5K
    SHARES



    काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै भेटवार्ता भएको छ। आइतबारै दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका हुन्।

    प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार उनीहरूबीच च्यासलस्थित एक घरमा भेटवार्ता भएको हो।

    ‘उहाँहरूबीच च्यासलमा २५ मिनेट एक्लाएक्लै भेट भएको छ,’ उनले भने ‘उहाँहरूबीच समसामयिक राजनीतिक, चुनावी वातावरण कसरी बनाउने भनेर कुराकानी भएको छ।’

    दुई नेताबीच शनिबार बिहान नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। शनिबार संखुवासभा रहेका प्रचण्ड फर्कन ढिला भएकाले भेटवार्ता आजलाई सरेको थियो।

    राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने विषयमा उनीहरूबीच कुराकानी भएको छ। भेटवार्ताबारे विस्तृत खुलाइएको छैन। प्रचण्ड आइतबार साँझ भारतको दिल्ली जाँदैछन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ