• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानबिच एकता गर्न ६ बुँदे सहमति

    774
    SHARES



    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबिच एकता गर्न ६ बुँदे सहमति भएको छ ।

    देशलाई प्रगति र अग्रगमनको दिशातर्फ लैजान लोकतान्त्रिक मूल्य, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणलाई आत्मसात गर्दै समाजवादको बाटोतर्फ अगाडि बढ्ने प्रतिबद्धतासहित दुवै पक्षबिच शुक्रबार सहमति भएको हो ।

    सहमति अनुसार जेनजी जनआन्दोलनको अपनत्व लिँदै सम्पूर्ण सहिद तथा घाइते परिवारका माग सम्बोधन गर्न पहल गरिनेछ । यस्तै, सुशासन र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धतासहित राज्यका अङ्गहरू—व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा समेत पुनर्संरचना गर्न पहल गर्ने उल्लेख छ ।

    दुई पार्टीबीच एकता गर्दा सचिवालयदेखि सम्पूर्ण तहमा सम्मानजनक प्रतिनिधित्व हुने गरी सांगठनिक एकता गरिने र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त रूपमा उम्मेदवार तय गरिने सहमतिमा उल्लेख गरिएको छ । साथै, सम्झौताअनुसार आवश्यक विषय निर्वाचन आयोगमा अध्यावधिक गर्ने निर्णय पनि गरिएको छ ।

    सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘खुलेको आँखा’ मा गोलबद्ध भई सुशासन, लोकतन्त्र र परिवर्तनका पक्षमा एकताबद्ध हुन आह्वान गरिएको छ । साथै, पार्टीको नीति र नेतृत्वमा रही अध्ययन, अनुसन्धान र उत्पादनको क्षेत्रमा जोड दिने तथा सामाजिक विभेद, गरिबी र भ्रष्टाचारलाई समाज र राष्ट्रका शत्रु ठानी त्यसका विरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ ।

    सहमति पत्रमा प्रगतिशीलको निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानका संयोजक दलसिंह खत्रीले हस्ताक्षर गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ