• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते

    168
    SHARES



    बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    बसले मालिका–७ अर्जे राम्चेको ओरालोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी घाइते भएका छन् ।

    यस्तै सोह्यी दुर्घटनामा पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लीला अर्याल समेत घाइते भएकी छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई वनभोज लैजान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ