• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुन यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ