• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    337
    SHARES



    काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । तालिकाको माथिल्लो स्थानमा रहेको सिटी आफूभन्दा तलको टोलीसँग अंक बाँड्न बाध्य बनेको हो ।

    ४१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले खेलभरि बलको नियन्त्रण र आक्रमणमा दबदबा बनाएको देखिए पनि गोल गर्न सकेन ।

    यता २९ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको सन्डरल्यान्डले बलियो टोलीविरुद्ध राम्रो प्रदर्शन गर्दै महत्त्वपूर्ण एक अंक जोड्न सफल भयो ।

    यो नतिजापछि म्यानचेस्टर सिटी शीर्षस्थानको प्रतिस्पर्धामा केही दबाबमा परेको छ । ४५ अंक सहित आर्सनल पहिलो स्थानमा रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ