• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुलीको लाइन काटिने

    358
    SHARES



    कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुँडहर सबस्टेशनको १३२ केभी बसबार स्तरोन्नति कार्य सुरु गरेपछि बिहान ६ बजेदेखि ११ बजेसम्म पोखराका अधिकांश क्षेत्रमा बिजुली काटिने भएको हो ।

    पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार चार दिनसम्म चल्ने मर्मत कार्यका क्रममा कुँडहर ग्रिडबाट सञ्चालित सबै फिडरहरू सटडाउन हुनेछन् । “सबस्टेशनको बसबार मर्मत दीर्घकालीन सुधारका लागि आवश्यक छ, काम समयमै सकिएमा बिजुली छिटो सुचारु हुन्छ,” उनले बताए ।

    यस अवधिमा विजयपुरदेखि हरिचोकसम्मका क्षेत्र पूर्ण रूपमा प्रभावित हुने वितरण केन्द्रले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि नियमित विद्युत् आपूर्ति पुनः सुरु गरिनेछ ।

    यता, पोखरा महानगरपालिकाले सहरको सौन्दर्यीकरणलाई ध्यानमा राख्दै बजार क्षेत्रलाई ताररहित बनाउने अभियानलाई अघि बढाएको छ । यसका लागि महानगरले इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्यको अपिल गरेको छ ।

    नगरप्रमुख धनराज आचार्यले विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने योजनासँग समन्वय गर्दै अव्यवस्थित रूपमा पोलमा झुण्डिएका तारहरू हटाउन एक महिनाको समय दिइएको जानकारी दिए । “निर्धारित समयभित्र तार नहटाए महानगरपालिकाले आफैँ व्यवस्थापन गर्नेछ,” उनले स्पष्ट पारे ।

    महानगरका अनुसार एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेट सेवा भूमिगत गर्न प्राविधिक समिति गठन गरी काम अघि बढाइनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ