• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने

    369
    SHARES



    काठमाडौँ । पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ।

    पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।

    उनका अनुसार शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ। उक्त मर्मत कार्य गर्न ४ दिन लाग्ने छ।

    ‘भोलिदेखि ४ दिनसम्म विहान ६ बजेदेखि ११ बजेसम्म पोखराको कहीँ पनि बिजुलीको लाइन आउँदैन,’ उनले भने, ‘कुँडहर सबस्टेसनबाट सञ्चालित सबै फिडरहरु सटडाउन गर्ने तयारीमा छौं।’ पुस १८ देखि २१ गतेसम्म चल्ने मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुने पनि यादवले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ