• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रविको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा

    1.8K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जमानत बसिदिएका मनोहर प्रधान पार्टीको समानुपातिक सूचीमा परेका छन्।

    बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रूपैयाँ जमानत दिएका थिए।

    उक्त मुद्दाको कुल बिगो रकम १० करोड ९९ लाख ३६ हजार रूपैयाँ थियो। त्यसमध्ये लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रकम बराबरको तीन थान बैंक ग्यारेन्टी पत्र अदालतमा बुझाएका थिए।

    प्रभु बैंकको तीन थान ग्यारेन्टी पत्र बुझाएपछि नै रवि थुनामुक्त भएका थिए। ग्यारेन्टी पत्र दिनेमा शंकरप्रसाद श्रेष्ठ, रामानन्द घिमिरे र मनोहर प्रधान थिए।

    यी तीन जनामध्ये मनोहर प्रधान रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको आदिवासी जनजाति पुरूषतर्फ चौथो नम्बरमा छन्। जबकि, उनी रास्वपाले समानुपातिक उम्मेदवार चयनका लागि गराएको प्राइमरी निर्वाचनमा निकै पछडि परेका थिए।

    रास्वपाले आदिवासी जनजाति क्लस्टरमा सबभन्दा धेरै मत ल्याउने ९ जनाको नाम सार्वजनिक गरेको थियो। त्यसमा प्रधानको नाम थिएन।रास्वपाले आफ्नो मोबाइल एपमा गराएको प्राइमरी निर्वाचनमा प्रधानले १७औं स्थानमा मत पाएका थिए। उनको मत ८ हजार २ सय ९२ थियो।

    आदिवासी जनजाति क्लस्टरमा प्रधानभन्दा दोब्बर मत ल्याएर सूचीमा एक नम्बरमा परेका उत्तमबहादुर गुरूङ रास्वपाको समानुपातिक उम्मेदवार सूचीमै छैनन्। समानुपातिक सूचीमा परेका प्रधान पेसाले डाक्टर हुन्। उ

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ