• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ग्यास बुलेट पल्टिएर अबरुद्ध बनेको चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुल्यो

    208
    SHARES



    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

    मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए ।

    क्रेनको सहायताले ग्याँस बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।

    दुर्घटनापछि ग्याँस चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा गरिएको छ । ग्यास बुलेट भने सडकको किनारमा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ