• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चन्द्र ढकालका छोरा र क्रिकेटर मल्ल बालेनको तर्फबाट रास्वपा समानुपातिक सूचीमा

    884
    SHARES



    काठमाडौँ । रास्वपाले ११० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। सूचीमा केही चर्चित अनुहार पनि छन्।

    जसमा नेपाल सुपर लिगको टोली एसपी चितवनका अध्यक्ष तथा आइएमई ग्रुपका सचिन ढकाल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सूचीमा छन्।उनी खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा छन्।

    उनी नेपाल उद्योग वाणिज्य महासंघ र आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

    सचिन बालेन साहको कोटाबाट परेका हुन्। पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन्।

    समानुपातिक सूचीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा हाल राष्ट्रिय टोलीमा सहायक प्रशिक्षक रहेका ज्ञानेन्द्र मल्ल पनि परेका छन्। मल्ल हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सका मुख्य प्रशिक्षक तथा निर्देशक पनि हुन्।

    झन्डै २ वर्षअगाडि उनले राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए। त्यसअघि उनले ‍लगातार डेढ दशक राष्ट्रिय टोलीबाट खेलेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ