• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता भयो : कुलमान

    546
    SHARES



    काठमाडौं । कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको बताएका छन्।

    ऊर्जामन्त्रीसमेत रहेका घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्-‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।’

    यो एकीकरणले देशलाई निकास दिने उनको विश्वास छ। उज्यालो अभियानलाई अझ सशक्त बनाउन जस्तै निरन्तर साथ र सहयोग रहने विश्वास उनले व्यक्त गरेका छन्।

    उनले थप लेखेका छन्, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’

    सोमबार साझ रास्वपा सभापति रवि लामिछाने र कुलशमानले पार्टी एकीकरणको सहमति गरेका हुन्। यो सहमतिको साक्षी बालेन्द्र साह बनेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ