काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ ।
घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् ।
१६ प्रतिशत भन्दा बढी समानुपातिककाे हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएकाे सचिवालय स्राेतले राताेपाटीलाई बतायाे ।
आजमात्रै रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन शाह र घिसिङबिच सँगै निर्वाचनमा जाने सहमति भइसकेको छ ।
उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो । सोमबार काठमाडौंमा उनीहरूबीच पुन: भएको छलफलमा सहमति जुटेको हो ।
प्रतिक्रिया