• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले कति गर्न पाउँछ खर्च ? तोकियो सीमा

    508
    SHARES



    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ ।

    आइतबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको हो ।आयोगका अनुसार राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको हो ।

    ‘आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपदफा (१) बमोजिम रु. ३,५०,०००।– (तीन लाख पचास हजार) कायम गर्ने तथा उल्लिखित खर्च देहायका शीर्षकमा गर्न सकिने व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ,’आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ