• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कुलमानद्वारा रास्वपाको प्रस्ताव अस्वीकार

    778
    SHARES



    काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो ।

    बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो ।

    उक्त प्रस्तावबारे संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए । तर, रास्वपाको उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एकताको बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय सो पार्टीले गरेको छ ।

    बैठक स्रोतका अनुसार, पार्टीको नाम र चुनाव चिन्हमा रास्वपाको प्रस्तावमा उज्यालो पार्टीले फरक मत राखेको छ । रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए ।

    जसमा पुनर्विचार गरेर मात्रै निर्णय लिने उज्यालो पार्टीको अडान छ । पार्टी निर्णयहरू सार्वजिनक गर्दै सो पार्टीले सहअस्तित्वको विषयलाई मुख्य बुँदा बनाएको छ ।

    ‘सबैको सहअस्तित्वलाई स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैब एकताको पक्षमा रहेको आवस्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनितीक दललाई आह्वान गर्ने निर्णय गरियो,’ पार्टी निर्णयमा भनिएको छ ।

    घिसिङले आजैमात्र काठमाडौं आयोजित पार्टीको एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ