काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पाँचौँ पटक विस्तार भएको छ ।
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् ।
शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।
प्रतिक्रिया