• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीविरूद्धको रिट सर्वोच्चद्वारा खारेज

    1.2K
    SHARES



    काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

    शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरूद्धको रिट खारेज गरेको हो। यस्तै यसमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ। उक्त आदेशमा के छ भन्ने खुलिसकेको छैन।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सहितलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विपिन ढकालले कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेको थियो।

    पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अबलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन हुन गएको रिटमा उल्लेख थियो।

    अध्यक्ष कार्कीले आफैले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार शेयर गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइको सिद्धान्त र निर्दोषिताको सिद्धान्तको उल्लंघन भएको पनि रिटमा उल्लेख गरिएको थियो।

    उनीहरूलाई निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग गरिएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ