• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बालेनसँग वार्ता सकेर निस्किएपछि रविले पत्रकारलाई उल्टै सोधे – मेरो अनुहारले के भन्छ ?

    1.3K
    SHARES



    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।

    ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

    बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए । सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’

    उनले भेटबारे सञ्चारकर्मीसँग यतिमात्रै भने । प्राय मिडियासँग खुला कुराकानी गर्ने लामिछानेले यो भेटबारे भने केही बताएनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ