काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो। दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ।
ठक्करपछि बसमा आगो लागेको थियो। बसमा ३२ यात्रु सवार थिए। हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। दुर्घटनापछि बस पूर्ण रूपमा क्षति भएको छ।
प्रतिक्रिया