• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलायो, ओलीलाई पनि पत्र काट्ने तयारी

    1K
    SHARES



    काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

    लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको आयोगका एक पदाधिकारीले बताए ।

    आयोगले आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो ।

    लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ