• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जेन जी आन्दोलनमाथि प्रहरी दमनको क्रान्तिकारीद्वारा कडा निन्दा, पक्राउ परेकालाई रिहा गर्न माग

    670
    SHARES



    काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा भएको शान्तिपूर्ण जेन जी आन्दोलनमाथि प्रहरीले हस्तक्षेप, दमन र धरपकड गरेको भन्दै कडा आपत्ति जनाएको छ।

    संगठनका अध्यक्ष बिरेन्द्र शाह एक वक्तव्य जारी गर्दै विभिन्न जेन जी समूहको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शनमाथि गरिएको प्रहरी दमनको कडा निन्दा र भर्त्सना गरेका छन् । वक्तव्यमा जेन जी आन्दोलनलाई अपहरण गरी बनेको सुशील कार्की नेतृत्वको अन्तरिम सरकारले तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै सकारात्मक उपलब्धि दिन नसकेको आरोप लगाइएको छ।

    अखिल (क्रान्तिकारी)ले सरकार विदेशी इसारामा राष्ट्रिय स्वाधीनता कमजोर पार्ने दिशामा अघि बढिरहेको दाबी गर्दै जेन जी आन्दोलन भ्रष्टाचारको अन्त्य, युवाहरूलाई स्वदेशमै अध्ययन र रोजगारीको सुनिश्चितता, निःशुल्क शिक्षा र स्वास्थ्य तथा सुशासन स्थापनाका लागि भएको स्पष्ट पारेको छ। दुई वर्षपछि हुने निर्वाचनलाई अगाडि सार्नु जेन जी आन्दोलनको एजेन्डा नभएको भन्दै सरकारले निर्वाचनको बहानामा आन्दोलनमाथि प्रहार गरिरहेको आरोप संगठनको छ।

    वक्तव्यमा आगामी राजनीतिक निकाससहित राष्ट्रिय स्वाधीनताको रक्षा, स्वाधीन संयुक्त सरकार गठन, भ्रष्टाचारको अन्त्य, निःशुल्क शिक्षा र स्वास्थ्य तथा सुशासन स्थापनाका लागि संगठन लामो समयदेखि संघर्षरत रहेको उल्लेख गरिएको छ। यी एजेन्डामा संघर्षरत जेन जी आन्दोलनप्रति संगठनको निरन्तर ऐक्यबद्धता रहने पनि जनाएको छ।

    ‘न जी आन्दोलनलाई अपहरण गरी बनेको सुशील कार्की नेतृत्वको सरकार तीन महिना बढी भइसक्दा पनि कुनै सकारात्मक कामहरू गर्न सकेको छैन। बरु विदेशी इसारामा राष्ट्रिय स्वाधीनतालाई निरन्तर कमजोर पार्ने काम भइरहेको छ। जेन जी आन्दोलन भ्रष्टाचारको अन्त्य, युवा विद्यार्थीहरूलाई स्वदेशमै अध्ययन र रोजगारी, आम सबैलाई निःशुल्क शिक्षा र स्वास्थ्य लगायत सुशासनको स्थापनाका लागि भएको हो। दुई वर्ष पछाडि हुने निर्वाचन दुई वर्ष अगाडि गर्नु जेन जी आन्दोलनको कुनै एजेन्डा होइन। यो सरकार निर्वाचनको नोटंकी गरेर जेन जी आन्दोलन माथि निरन्तर घात गरिरहेको कुरा स्पष्ट हुँदै गईरहेको छ। आगामी निकास सहित राष्ट्रिय स्वाधीनताको रक्षा, स्वाधीन संयुक्त सरकारको गठन, भ्रष्टाचारको अन्त्य, निःशुल्क शिक्षा र स्वास्थ्य सहित सुशासनको स्थापनाका लागि हाम्रो संगठन लामो समयदेखि संघर्षरत छ। यी एजेन्डामा संघर्ष गर्ने जेन जी साथीहरू लगायतको आन्दोलनमा हाम्रो जोडदार ऐक्यबद्धता रही आएको छ र सधैं हुनेछ। तसर्थ, जेन जी आन्दोलनको क्रममा गिरफ्तार सर्वे साथीहरूलाई यथाशीघ्र ससम्मान रिहाई गर्न जोडदार माग गर्दछौं। साथै राजनीतिक निकास बिना सरकारको बल मिच्याइले समाधान दिन सक्दैन।’ वक्तव्यमा भनिएको छ ।

    अखिल (क्रान्तिकारी)ले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई यथाशीघ्र ससम्मान रिहा गर्न सरकारसँग माग गरेको छ। साथै राजनीतिक निकासबिना सरकारी दमन र बल प्रयोगले समस्या समाधान नहुने चेतावनी पनि दिएको छ।

    संगठनले वर्तमान संविधानलाई ‘दलाल संसदीय व्यवस्थाको रक्षा गर्ने’ संज्ञा दिँदै त्यसको खारेजी गरी जनसंविधान निर्माण आजको आवश्यकता भएको उल्लेख गरेको छ। यसका लागि सबैलाई एकजुट हुन आह्वान गर्दै सुशील कार्की नेतृत्वको सरकारविरुद्ध सशक्त संघर्षमा उत्रिन युवा–विद्यार्थी र आम नागरिकलाई अपिल गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ