• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संस्कृत विश्वविद्यालयका उपकुलपति नेपाललाई कार्यकक्षमै दलियो कालोमोसो

    558
    SHARES



    काठमाडौँ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई मोसो दलेको छ । विश्वविद्यालयलाई कमजोर पारेको, भ्रष्टाचार र अनियमितताको धन्दा चलाएको भन्दै कालोमोसो दलेर भौतिक कारबाही गरेको क्रान्तिकारीले बताएको छ।

    ‘लामो समयदेखि वाल्मीकि क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयको बागडोर सम्हालेर राज्य र विश्वविद्यालयको सम्पत्ति लुट्न सत्तासीन पार्टीका नेताको फेरो समाएर निवासमा धाउँदै मोटो रकम बुझाएर उपकुलपति बने । र, आफ्नो पदको दुरुपयोग गरी संस्कृत विश्वविद्यालयलाई कमजोर पार्ने, भ्रष्टाचार र अनियमितताको धन्दा चलाउने उनलाई कारबाही गर्न बाध्य भएका हौं ।’ मोसो दलेपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

    नेपालले भ्रष्टाचार गरेर काठमाडौंको गोलढुंगा, ललितपुरको खोकना र गृहजिल्ला दाङमा जग्गाजमिन किनेको र पछिल्लो समय डोल्मा कम्पनीमा आबद्ध रहेकोसमेत क्रान्तिकारीको आरोप छ । यस्तै, उपकुलपति नेपाललाई कालोमोसो दल्नुको विभिन्न आठ वटा कारण पनि क्रान्तिकारीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    भ्रष्टाचारको आरोप लागेका माधव अधिकारीलाई लेनदेनमा पुनः रजिष्ट्रारमा सिफारिस गरेको, आफू उपकुलपतिमा नियुक्त हुन विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको, घुस खुवाएर नियुक्ति लिएको, परीक्षा नियन्त्रक हुँदा आफूनिकट विद्यार्थीलाई पास गराएको, कार्यालयभन्दा नेताका निवासमा बढी धाउने तथा विश्वविद्यालयको जग्गा आफूनिकट व्यक्ति वा कम्पनीलाई दिन ठूलो आर्थिक चलखेल गरेको आरोप उनीमाथि लगाइएको छ ।

    भ्रष्टाचार, लुटखसोट र अनियमिततामा संलग्न जोकोहीमाथि कारबाही गर्ने चेतावनी दिँदै क्रान्तिकारीले त्यसमा सहभागी हुन युवा, विद्यार्थी र आम नागरिकलाई आह्वानसमेत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ