• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपा सभापतिकै रुपमा सक्रिय भए रवि, बाजागाजासहित पार्टी कार्यालयमा स्वागत

    566
    SHARES



    काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै हैसियतमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका उनी शुक्रबार रिहा भएका थिए ।

    त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ ।

    जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरे ।

    त्यसअघि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगे।

    पार्टी कार्यालय पुगेर समर्थकलाई सम्बोधन गर्दै सभापति लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ