• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपा सभापति रवि लामिछाने रिहा, कति बुझाए धरौटी ?

    663
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।

    शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।

    बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेलाई छाड्न आदेश दिएको थियो। छाड्न आदेश गर्दा इजलासले शर्त पनि राखेको थियो।

    रवि लामिछानेले अदालतबाट छुटिपाउन दिएको निवेदनमा आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने भनेका थिए। उक्त रकमलाई उच्च अदालतले स्वीकार गरी रविलाई छाड्ने आदेश गरेको हो।

    यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई पुर्पक्षका लागि एक करोड रुपैयाँमा छाड्न आदेश गरेको थियो। उक्त एक करोड रुपैयाँ धरौटी पनि बुझाउन आदेश उच्च अदालतले गरेको हो।

    यसरी दुई वटा फरक धरौटी रकम गरी कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएका हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ