• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, महासचिवमा शंकर, उपमहासचिवमा क-कसले जिते ?

    1.4K
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् ।

    उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ । त्यस्तै महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

    नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । पोख्रेल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

    लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

    अन्य उम्मेदवारो मत :

    विष्णुप्रसाद रिमाल : १०९१

    आनन्दप्रसाद पोख्रेल : ६३५

    वैजनाथ चौधरी : ५१७

    राजेन्द्रप्रसाद गौतम : २७०

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ