• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पश्चिम तराईमा बाक्लो कुहिरो, धनगढी–भैरहवा उडान प्रभावित

    150
    SHARES



    काठमाडौँ । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु–कुहिरो फैलिँदा हवाई सेवा प्रभावित भएको छ । विशेषगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा दृष्यता (भिजिबिलिटी) कमजोर हुँदा उडानमा समस्या देखिएको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दृष्यताको हिसाबले भैरहवा सबैभन्दा बढी प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै रहेको छ ।

    यस्तै, कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटर, मोरङको विराटनगरमा १ हजार मिटर, बाँकेको नेपालगञ्जमा १ हजार २ सय मिटर तथा काठमाडौंमा ६ हजार मिटर भिजिबिलिटी मापन गरिएको छ । मौसमविद् महर्जनका अनुसार दिउँसोतिर हुस्सु–कुहिरो क्रमशः घट्दै जाने सम्भावना छ ।

    मौसमविद्हरूका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र एक किलोमिटरभन्दा कम भएमा कुहिरो मानिन्छ । कुहिरो हुस्सुभन्दा बाक्लो हुने हुँदा घामका किरण छेकिँदा जाडोको महसुस बढ्ने गर्दछ । आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

    धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै परिवर्तन नभएको मौसम विभागले जनाएको छ । धनगढीमा सोमबार बेलुकादेखि नै हुस्सु लाग्दै आएको थियो । हिजो दिउँसो पौने तीन बजेसम्म पनि त्यहाँ भिजिबिलिटी १ हजार ५ सय मिटर मात्रै रहेको थियो, जसका कारण हवाई उडान प्रभावित भएको थियो ।

    हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको भए पनि आज राति र भोलि पश्चिम नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना भने नरहेको मौसमविद्हरूले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ