काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।
विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएको छ। ‘दुई जना पक्राउ हुनुहुन्छ। अरू फरार छन्। भ्रष्टाचारको मुद्दा पेस भएको छ। ६ जना र एउटा संस्था विरूद्ध मुद्दा आएको छ,’ उनले भने।
प्रतिक्रिया