• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपालमा ‘दित्वा’ चक्रवातको प्रभाव, विभिन्न प्रदेशमा आंशिक बदली

    1.9K
    SHARES



    काठमाडौँ । दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा विकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवातको असरले देशका केही भू–भागमा आंशिक बदलीसँगै हुस्सुको अवस्था देखिएको छ।

    सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेकाे छ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु देखिएको छ।

    यसैगरी दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

    यसैगरी राति पनि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

    महाशाखाले चक्रवात ‘दित्वा’ को प्रभाव अस्थायी मात्र हुने र सामान्य बदली बाहेक विशेष जोखिम छुट्टै नभएको उल्लेख गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ