• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली सम्मानित

    2.3K
    SHARES



    काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली ‘ब्रिजवाटर इन्टरनेशनल कलेज’को तेस्रो अभिनन्दन समारोहमा विशेष सम्मानबाट सम्मानित भएका छन्।

    ब्रिजवाटर इन्टरनेशनल कलेजले बैंकिङ क्षेत्रलाई दिगो, पारदर्शी र प्रवर्द्धनशील बनाउने क्रममा ज्ञवालीले पु¥याएको अतुलनीय योगदान, नेतृत्व क्षमता र संस्थागत सञ्चालनमा देखाएको दूरदृष्टिपूर्ण भूमिकाका लागि सम्मान प्रदान गरेको हो।

    कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश चन्द्र पोख्रेलले ज्ञवालीलाई प्रशस्ति, स्मृति–चिन्ह र दोसल्लासहित सम्मानित गरेका थिए। कलेजले आफ्नो वार्षिक अभिनन्दन कार्यक्रमलाई नेतृत्व, पेशेवरिता र समाजप्रति उत्तरदायिता प्रदर्शन गर्ने व्यक्तिलाई प्रेरणाको स्रोतका रूपमा स्थापित गर्ने हेतुले आयोजना गरेको बताइएको छ।

    २५ वर्षभन्दा बढीको बैंकिङ यात्रासँग जोडिएको सम्मान

    मनोज ज्ञवालीले करिब २५ वर्षभन्दा बढी समय बैंक, वित्त र अर्थतन्त्रका विविध तहमा काम गरेका छन्। नबिल बैंकको नेतृत्व सम्हाल्दै आएपछि उनले संस्थागत सुधार, प्रविधिमैत्री बैंकिङ, जोखिम व्यवस्थापन, ग्राहक सेवा प्रवर्द्धन तथा ग्रामीण वित्त विस्तारमा सक्रिय भूमिका खेलेका छन्।

    बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार, ज्ञवालीको नेतृत्वमा नबिल बैंकले प्रतिस्पर्धात्मक बजारमा आफ्नो विश्वसनीयता र सेवा विस्तारलाई थप मजबुत बनाएको छ।

    ब्रिजवाटर इन्टरनेशनल कलेजले विगत तीन वर्षदेखि विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्ता व्यक्तिलाई सम्मान गर्दै आएको छ। कलेजले यस्तो सम्मानले विद्यार्थीसँगै समाजका अन्य तहमा सकारात्मक सोच, पेशागत प्रतिबद्धता र नेतृत्व विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

    उक्त कार्यक्रममा ज्ञवालीसँगै साहित्यकार एवं रेडियो नेपालका समाचार प्रमुख डा. नवराज लम्साल र कलाकार दिपक राज गिरी पनि सम्मानित भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ