• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भरतपुर अस्पताल देशकै उत्कृष्ट, गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर

    246
    SHARES



    काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताए ।

    मापदण्डमा दोस्रो स्थानमा बाँकेको भेरी अस्पतालले ८३ अंक प्राप्त गरेको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक पाएका छन् ।

    यस्तै, राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमा वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ र नारायणी अस्पतालले ५६ अंक मात्र प्राप्त गरेका छन् । यी अस्पतालहरू सुधारको क्रममा रहेको डा. पौडेलको भनाइ छ ।

    तर, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र पाटनको मानसिक अस्पतालको अवस्था भने निकै कमजोर देखिएको छ । गजेन्द्रनारायण सिंहले जम्मा ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन् ।

    मन्त्रालयका अनुसार न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचकहरू समावेश गरिएको हुन्छ ।

    यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो । मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ