काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म पुग्ने देखिन्छ ।
आज अधिकतम तापक्रम भने २१ डिग्री सेल्सियससम्म रहने महाशाखाले जनाएको छ । डडेलधुराको अधिकतम तापक्रम १५–१७ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ४–६ डिग्री सेल्सियस रहनेछ ।
दिपायलको अधिकतम तापक्रम २४–२६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ५– ७ डिग्री सेल्सियस रहने अनुमान छ । धनगढीको अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियस र न्युनतम तापक्रम ९–११ डिग्री सेल्सियस रहने अनुमान छ ।

प्रतिक्रिया