काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन घोषणा गरेसँगै देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगका अनुसार असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली संकलन अवधिमा झन्डै साढे ८ लाख नयाँ मतदाता दर्ता भएका हुन्। नयाँ दर्तामध्ये पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७८८ तथा अन्य ६१ रहेका छन्।
आयोगका अनुसार नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक्समार्फत ४ लाख ९२ हजार १८० जनाले नाम दर्ता गराएका हुन्। यसअघि कात्तिक १६ सम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता दर्ता भएका थिए।
प्रतिक्रिया